Aamsanchar

मोरङ बेलबारीबाट एकै स्थानका चार बालिका बेपत्ता

Author Image
आइतवार, जेठ १८, २०८२

बेलबारी । मोरङको बेलबारी नगरपालिका–२, लालभित्तीबाट एकै स्थानका चार जना बालिका बेपत्ता भएका छन्। उनीहरू जेठ १५ गते गणतन्त्र दिवसका दिनदेखि सम्पर्कविहीन भएका हुन्।

बेपत्ता हुनेमा सुन्दरहरैचा नगरपालिका–११, शुक्रबारेस्थित महेन्द्र माविमा अध्ययनरत १३ वर्षीया जेनिसा नेपाली र १५ वर्षीया सविता परियार, साथै बेलबारी–२ स्थित कविर माविमा अध्ययनरत १२ वर्षीया स्मृति कार्की डोली र अनुष्का कार्की डोली रहेका छन्।

बालिकाहरू साथी भेट्न जाने भन्दै घरबाट निस्किएको परिवारले जानकारी दिएका छन्। तर त्यसपछि उनीहरू सबैजना सम्पर्कविहीन भएका हुन्।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीले बालिकाहरूको खोजी जारी रहेको जानकारी दिनुभयो। हालसम्म उनीहरूबारे थप जानकारी प्राप्त नभएको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर