Aamsanchar

गाजामा भोकभोकै रहेका नागरिकले राहतका ट्रकलाई घेरेर खाद्य सामग्री लगे

Author Image
आइतवार, जेठ १९, २०८२

विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले गाजामा भोकभोकै रहेका नागरिकले राहत सामग्रीसहितका ट्रकलाई घेरेर खाद्य सामग्री लगेका जनाएको छ ।

पछिल्लो दुई दिनमा डब्ल्यूएफपीले गाजामा आटासहितको ७७ ट्रक पठाएको थियो । तर बाटोमै रोकेर नागरिकले लगेका डब्ल्यूएफपीलाई उद्धृत गरी बीबीसीले जनाएको छ । ती ट्रकहरू गोदामसम्म पुग्न नपाएका डब्ल्यूएफपीका प्रवक्ता अबीर एतेन्फाले बताउनुभएको छ ।

सीमित मात्रामा गाजामा पुगेको र पुग्दै गरेको सामग्री अत्यन्तै न्यून छ । यसले झन्डै २१ लाख नागरिकको आधारभूत आवश्यकता पूरा गर्न नसक्ने अवस्था छ ।

संयुक्त राष्ट्रसङ्घअन्तर्गतको मानवीय सहायता समन्वय कार्यालयले गाजाको अवस्थालाई अत्यन्तै गम्भीर जनाएको छ ।

निरन्तर आक्रमणले खाना र पानीको अभाव, कुपोषणको समस्या, उपचार अभावजस्ता विषय अति सङ्कटपूर्ण रहेको उल्लेख छ ।

Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर