Aamsanchar

राजतन्त्र पक्षधरद्वारा भोलि उपत्यका बन्दको घोषणा

Author Image
आइतवार, जेठ १८, २०८२

काठमाडौँ – शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीले गरेको बर्बर दमनको घोर भर्त्सना गर्दै राजतन्त्र पक्षधरले भोलि सोमवार उपत्यका बन्दको घोषणा गरेका छन्।

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेका हुन्।

उनले शान्तिपूर्ण आन्दोलनकै क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापामाथि प्रहरीले गरेको अमानवीय व्यवहारको पनि निन्दा गरिएको छ। यसकै विरोधमा भोलि १९ गते सोमबार उपत्यका बन्द घोषणा गरिएको छ।

थापालाई प्रहरी हिरासतमा भेट्न जाने क्रममा राप्रपाका नेता तथा प्रतिनिधिसभा सदस्य दीपक सिंहलाई संसदीय मर्यादाविपरीत प्रहरीले हिरासतमा लिएको भन्दै त्यसको विरोध गरिएको छ।

उनीहरू लगायत सबै आन्दोलनकारीलाई तत्काल रिहा गर्न सरकारसँग माग गरिएको छ।

Views: 218

प्रतिक्रिया (०)

सम्बन्धित खबर