Aamsanchar

राजावादीको प्रदर्शन लक्ष्यित प्रशासनकाे अर्काे कदम, सिफल, कोटेश्वर र बल्खुमा मात्रै प्रदर्शन गर्न पाउने

Author Image
आइतवार, जेठ १८, २०८२

काठमाडौँ – काठमाडौँका सिफल, कोटेश्वर र बल्खु बाहेकको क्षेत्रमा विरोध र प्रदर्शन गर्न रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आइतबार एक सूचना जारी गर्दै सिफल, कोटेश्वर र बल्खु बाहेकको क्षेत्रमा विरोधका कार्यक्रमम गर्न निषेध गरेको हो । जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले तीन स्थान भन्दा बाहेक अन्यत्र विरोधको कार्यक्रम नगर्न आदेश जारी गरेका हुन् ।

सिफल चौर, कोटेश्वर बाट बालकुमारी र बल्खु क्षेत्र बाहेक अन्यत्र दुई महिनासम्मको लागी धर्ना, घेराउ, जुलुस र प्रदर्शन गर्न निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

विज्ञप्तिअनुसार, निषेधाज्ञा लागू हुने क्षेत्रहरू सिफल चौर क्षेत्र, कोटेश्वर आकाश पुलदेखि दक्षिण बालकुमारीसम्मको क्षेत्र र बल्खु क्षेत्र रहेका छन् ।

यस क्षेत्रमा जनमानसमा त्रास, अवरोध वा अशान्ति फैलाउने खालका कार्यक्रम गर्न रोक लगाइएको जिल्ला प्रशासनले जनाएको छ । सार्वजनिक सेवामा अवरोध उत्पन्न हुने, सार्वजनिक सम्पत्तिमा क्षति पुग्ने तथा सामाजिक सद्भावमा असर पार्ने सम्भावनालाई मध्यनजर गर्दै यस्तो निर्णय लिएको प्रशासनले जनाएको छ ।

विरोध प्रदर्शनको कारण अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह तथा सार्वजनिक यतायात सञ्चालनमा असहजता भएको जनगुनासोको आधारमा सो निर्णय गरिएको जिल्ला पहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले  बताए ।

एसएसपी अधिकारीका अनुसार आदेश अनुसार सोमबारदेखी माइतीघर लगायतका यसअघि प्रदर्शन गरिँदै आएको क्षेत्रमा विरोधका कार्यक्रम गर्न पाइने छैन । राजावादीको गतिविधिलाई लक्षित गरेर प्रशासनले पछिल्लो कदम चालेको हो ।

Views: 121

प्रतिक्रिया (०)

सम्बन्धित खबर