Aamsanchar

विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री

Author Image
सोमवार, जेठ १९, २०८२

काठमाडौं : मुनलाइट सोसाइटी नेपालको आयोजनामा गोरखास्थित विभिन्न विद्यालयका १६५ विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ।

गोरखाको गण्डकी गाउँपलिका फुजेलस्थित कालिका आधारभूत विद्यालय, फुजेल स्थित दीर्घेश्वर आधारभूत विद्यालय र भीमसेन थापा गाउँपालिकास्थित सिद्धकाली मावि ताराखसे, गण्डकी आधारभूत विद्यालय र जनप्रिय प्राविका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको हो।

पारिवारिक आर्थिक अवस्था न्यून भएका उनीहरूलाई विद्यालयको सिफारिशमा संस्थाका कोषाध्यक्ष समीर भट्ट, सचिव भरत तिवारी र सदस्य निरज भट्टले शैक्षिक सामाग्री वितरण गरेको संस्थाले जनाएको छ।

Views: 95

प्रतिक्रिया (०)

सम्बन्धित खबर