

काठमाडौं । राजावादीले आज आन्दोलनका कार्यक्रम नगर्ने भएका छन् । दरबार हत्याकाण्डको शोकमा आन्दोलनका कार्यक्रम स्थगित गरिएको संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले बताएका छन् ।

उनका अनुसार, ०५८ साल जेठ १९ गतेको दरबार हत्याकाण्डको स्मृतिमा आझ साँझ दीप प्रज्वलनको आयोजना गरिएको छ । कमलादीस्थित गणेशस्थानमा आज साँझ ६ बजे दीप प्रज्वलनको कार्यक्रम तय भएको छ ।

आन्दोलनका अन्य कार्यक्रम फेरि सूचनाबाट जानकारी गराइने सुवेदीको भनाइ छ ।

Views: 117

