Aamsanchar

विद्यार्थी नेतृत्व चयनका लागि एम्स एजुकेशनल एकेडेमीमा लोकतान्त्रिक अभ्यास

Author Image
सोमवार, जेठ २०, २०८२

झापा –झापाको अर्जुनधारा नगरपालिका–८ स्थित एम्स एजुकेशनल एकेडेमीमा  विद्यार्थी नेतृत्व चयनका लागि स्कुल क्याप्टेन, हाउस क्याप्टेन तथा प्रिफेक्ट्स पदमा निर्वाचन सम्पन्न भएको छ।

कक्षा २ देखि १० सम्मका विद्यार्थीलाई मतदाता बनाई पूर्ण रूपमा प्रजातान्त्रिक अभ्यासस्वरूप निर्वाचन सम्पन्न गरिएको विद्यालयले जनाएको छ।

निर्वाचनको पूर्वसन्ध्यामा मतदान प्रक्रिया, मताधिकार प्रयोग, र निर्वाचनसम्बन्धी प्रयोगात्मक अभ्यास तथा सचेतना कार्यक्रम समेत सञ्चालन गरिएको थियो।

कार्यक्रम विद्यालय अभिभावक संघका अध्यक्ष श्री रमेश नेपालको अध्यक्षतामा तथा अर्जुनधारा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष श्री कुमार उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

सचेतना कार्यक्रममार्फत श्री कुमार उप्रेती, श्री मदन बुढाथोकी, श्री जितेश योन्जन, विद्यालयका प्रवन्ध निर्देशक श्री हरिप्रसाद फुयाल र अभिभावक संघ अध्यक्ष श्री रमेश नेपालले प्रशिक्षण तथा शुभकामना मन्तव्य राख्नुभएको थियो।

विद्यालयका प्रधानाध्यापक श्री ओमप्रकाश ओझाले स्वागत मन्तव्य दिनु भएको कार्यक्रममा विद्यालय संयोजक श्री त्रिलोचन दाहालले सञ्चालनको जिम्मेवारी सम्हाल्नुभएको थियो।

विद्यालय प्रशासनका अनुसार यस्ता अभ्यासहरूले विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीको भावना र लोकतान्त्रिक मूल्य–मान्यताको विकासमा सकारात्मक योगदान पुर्‍याउने विश्वास गरिएको छ।

Views: 143

प्रतिक्रिया (०)