Aamsanchar

सौरगाछीमा अग्नि पीडितलाई राहत वितरण

Author Image
सोमवार, जेठ १९, २०८२

इटहरी-अहमदिया सङ्घ नेपालले मोरङको धनपाल गाउँपालिका–६, सौरगाछीमा अग्नि पीडितलाई राहत वितरण कार्यक्रम सम्पन्न भएको छ । ´सबैलाई माया गरौ, घृणा कसैलाई नगरौँ` भन्ने मूल नाराका साथ अहमदिया सङ्घ नेपालले विपतमा परेका सर्वसाधारणलाई विभिन्न राहत वितरण गरेको हो ।

सौरगाछीमा केही दिनअघि भएको आगलागीबाट प्रभावित परिवारहरूलाई विभिन्न आवश्यक राहत सामग्रीहरू वितरण गरिएको अहमदिया सङ्घ नेपालका केन्द्रीय सदस्य हैदर मियाँले जानकारी दिनुभयो।

चामल २५ केजी, नुन २ केजी, चना १ केजी, चिनी २ केजी, दाल २ केजी, खाने तेल २ लिटर, मटर १ केजी, चाउचाउ, भुजा, साबुन, मसला लगायतका १९ प्रकारका सामाग्रीहरू पन्ध्र परिवारलाई वितरण गरिएको बताइएको छ ।

सौरगाछीमा आगलागीबाट पीडितहरूलाई केही मात्रामा सहयोग पुगोस भन्ने उद्देश्यले अहमदिया सङ्घ नेपालले विभिन्न खाद्यान्न सामग्रीहरू वितरण गरिएको बताइएको छ ।

राहत वितरण कार्यक्रममा बोल्दै धनपाल गाउँपालिकाका अध्यक्ष जिवछप्रसाद गच्छदारले आगलागीका कारण प्रभावित परिवारहरूको जीवनमा सुधार ल्याउनका लागि यस्ता राहतकार्य महत्त्वपूर्ण भएको बताउनुभयो ।

अहमदिया सङ्घ नेपालका केन्द्रिय उपाध्यक्ष अध्यक्ष मोहम्मद इस्माईलले अहमदिया मुस्लिमहरूले वास्तविक पिडितहरूलाई आत्मसात गर्दै समाजमा हाम्रो सानो सहयोगले भाइचारा विस्तार गर्दै विभिन्न सामाजिक कार्यक्रमहरू गर्दै आएको बताउनुभयो ।

धनपाल गाउँपालिका अपाङ्गता रोकथाम संयोजक ठाकुर प्रसाद राजवंशीको संयोजनमा भएको राहत वितरण कार्यक्रममा धनपाल गाउँपालिकाकी उपाध्यक्ष नसिमा वानो, धनपाल गाउँपालिका-६ का अध्यक्ष मोहमद हुसैन, वडा नम्बर ७ का अध्यक्ष सन्तोषकुमार यादव र प्रहरी चौकीका इन्चार्ज सई सुर्यबहादुर बस्नेत लगायतले राहत वितरण गर्नुभएको थियो ।

Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर