Aamsanchar

भारत र जापानको सहित तीन कम्पनी सरकारको कालाेसुचीमा

Author Image
मङ्गलवार, जेठ २०, २०८२

काठमाडौं – दुई विदेशी र एक नेपाली निर्माण कम्पनी सरकारको कालोसूचीमा परेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन अनुसार ती कम्पनीलाई कालोसूचीमा राखेको हो।

जापानको मरुशिन शिताका कन्स्ट्रक्सन, भारतको पीएच-एसएमएनएस जेभी र नेपालको शंकरमाली निर्माण सेवा कालोसूचीमा परेका छन्।

मरुशिन र पीएच-एसएमएनएसलाई दुई वर्ष र शंकरमालीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ। यी कम्पनीले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।

 

Views: 89

प्रतिक्रिया (०)

सम्बन्धित खबर