

काठमाडौं – काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनमा परेका छन्। महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेको जानकारी दिए।

गुरागाईंले केही समय अघि नगरप्रहरी प्रमुख पाण्डे आफूलाई कार्यालय प्रवेश गर्न अवरोध गरेको भन्दै ६ बुँदे स्पष्टीकरण सोधेका थिए। नगर प्रहरी प्रमुख पाण्डेले उक्त स्पष्टीकरण जवाफ बुझाएका थिए। तर,उक्त स्पष्टीकरण चित्तबुझ्दो नभएपछि निलम्बन गरिएको उनले बताए।

महानगर प्रहरी बल प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक विष्णु प्रसाद जोशीले पाएको उनले जानकारी दिए।

Views: 196

