Aamsanchar

यात्रुसँग बढी भाडा लिने राइड शेयरिङ चालकलाई कारबाही

Author Image
बुधवार, जेठ २१, २०८२

काठमाण्डौ – यातायात व्यवसायीहरूले अस्ति र हिजो गरेको सार्वजनिक गाडी बन्दको मौका छोपी यात्रुसँग बढी भाडा लिने राइड शेयरिङ चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

यात्रुबाट बढी भाडा असुलेको, अफलाइन बार्गेनिङ गरेको तथा यात्रुलाई हैरानी दिने चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रहरीले दुई दिनमा पाँच सय ४९ जना चालकलाई कारबाही गरेको जनाएको छ । हिजो तीन सय ३१ जना र अस्ति दुई सय १८ जना चालकलाई कारबाही गरिएको हो ।

यातायात व्यवसायीले सार्वजनिक गाडी नचलाउँदा काम विशेषले ठाउँमा पुग्नुपर्नेहरुले पठाओ, इनड्राइभ, याङ्गोजस्ता राइड शेयरिङ प्रयोग गर्न बाध्य भएका थिए ।

आज सार्वजनिक गाडी सञ्चालन भएसँगै काठमाण्डौ उपत्यकासहित देशभरको यातायात सहज भएको छ ।

Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर