Aamsanchar

आन्दोलन छाेडेमा राप्रपा नेताहरूको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई पुन : पठाइने

Author Image
बुधवार, जेठ २१, २०८२

काठमाडौं :  गृहमन्त्री रमेश लेखकले राजतन्त्र पक्षधर नेताहरूको लागि खटाइएका सुरक्षाकर्मी आन्दोलन गर्न छोडेसँगै पुनः खटाउने बताएका छन्।

बुधवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राप्रपाका सांसद बुद्धिमान तामाङको प्रश्नमा गृहमन्त्री लेखकले यस्तो प्रतिक्रिया दिएका हुन्। ‘राप्रपाका नेताहरूको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी किन फिर्ता बोलाइएको हो’, तामाङले प्रश्न गरेका थिए। लेखकले आन्दोलनमा सुरक्षा दिनुपर्ने भएकाले व्यक्तिगत सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई फिर्ता बोलाएर आन्दोलनमा खटाएको र आन्दोलन रोक्नेबित्तिकै पुनः खटाउने स्पष्ट पारे।

सरकारले केही दिनअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीसहितका राप्रपा नेताहरूको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई फिर्ता बोलाएको थियो।

गृहमन्त्री लेखकले गणतन्त्र, संघीययता, लोकतन्त्रबाट पछि फर्किँदा मुलुक फेरि अन्धकारमा जाने बताए। संविधानका आधारभूत व्यवस्था उल्ट्याउने, संविधान फाल्ने काममा नलाग्न उनले चेतावनी दिए ।

Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर