Aamsanchar

काँकडभिट्टा हुँदै बङ्गलादेशबाट झन्डै पाँच अर्बको आयात, ३५ करोडको निर्यात

Author Image
बुधवार, जेठ २२, २०८२

झापा – आर्थिक वर्ष २०८१/८२ को वैशाख महिनासम्ममा व्यापारिक नाका झापाको काँकडभिट्टा हुँदै बङ्गलादेशबाट झन्डै पाँच अर्बको आयात भएको छ ।

काँकडभिट्टामा रहेको नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय प्रमुख सुवास पाण्डेयका अनुसार १० महिनामा बङ्गलादेशबाट चार अर्ब ७५ करोड आठ लाख रुपैयाँ बराबरको मालसामान आयात भएको हो । तर नेपालबाट ३५ करोड ६२ लाख रुपैयाँ बराबरको उत्पादन बङ्गलादेश निर्यात भएको तथ्याङ्क छ ।

बङ्गलादेशबाट सबैभन्दा धेरै एक अर्ब ७८ करोड ४२ लाख रुपैयाँ बराबरको अप्रशोधित जुट आयात भएको छ । त्यसैगरी ब्याट्री, पोल्ट्री फिड सप्लिमेन्ट, कस्मेटिक आइटम, हाइड्रोजन प्याराअक्साइड, विद्युतीय उपकरण, औषधि, आलु, पेपर, ग्लासलगायतका सामग्री भित्रिएका छन् ।

काँकडभिट्टाबाट सबैभन्दा धेरै ३० करोड २७ लाख रुपैयाँ बराबरको खुदो बङ्गलादेशमा निर्यात भएको छ । त्यसबाहेक अन्य जडीबुटी, एनिमल फिड, घरायसी सामान निर्यात भएका कार्यालयका प्रमुख पाण्डेयले बताउनुभयो ।

Views: 91

प्रतिक्रिया (०)

सम्बन्धित खबर