Aamsanchar

इलामको सूूर्योदयमा गोलिया काट्ने क्रममा रुखको हाँगाले लागेर एक जनाको ज्यान गयाे

Author Image
बुधवार, जेठ २१, २०८२

इलाम- इलामको सूूर्योदय नगरपालिका–७ सिङ्गाममा गोलिया काट्ने क्रममा रुखको हाँगाले लागेर एक जनाको ज्यान गएको छ । ज्यान गुमाएका सूूर्योदय–८ का २६ वर्षीय निरोज लाप्चा रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

व्यापारका लागि खरिद गरी रुख काट्ने क्रममा रुख लड्दा हाँगाले लागेर घटनास्थलमै लाप्चाको मृत्यु भएको बताइएको छ । अहिले मृतकको शव इलाका प्रहरी कार्यालय पशुुपतिनगर लगिएको छ । पोस्टमार्टमपछि परिवारलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

Views: 66

प्रतिक्रिया (०)

सम्बन्धित खबर