Aamsanchar

झापामा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गयाे

Author Image
बिहिवार, जेठ २२, २०८२

झापा – पूर्वपश्चिम राजमार्गमा हिजो साँझ बस र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

मे१ख ३०२७ नम्बरको बस र विपरीत दिशातर्फबाट आइरहेको प्र ०१–०२–०५२ प २२११ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक मिलन थापाको उपचारको क्रममा आर्य न्यूरो अस्पताल विराटनगर ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

प्रहरीले बस चालक झापाको गौरादह–४ बस्ने सरकार टुडुलाई पक्राउ गरेको छ ।

Views: 31

प्रतिक्रिया (०)

सम्बन्धित खबर