

सप्तरी-बाढी पहिरोबाट उद्धार गर्ने अभ्यास गर्दै गरेका बेला सप्तकोशी नदीमा डुबेर दुई सशस्त्र प्रहरी जवान बेपत्ता भएका छन्।

वर्षाका बेला बाढीपहिरोमा फसेका सर्वसाधारणलाई उद्धार गर्नका लागि अभ्यास गर्दागर्र्दै मधेश प्रदेश सशस्त्र प्रहरी जवान सुरज साउद र हरदेव राजवंशी बेपत्ता हुनुभएको हो।

विपद् पूर्व तयारीका अभ्यासका लागि मधेश प्रदेश सशस्त्र प्रहरी कार्यालयबाट सप्तकोशीमा गोताखोर सहितको उद्धार टोलीले अभ्यास गरिरहेका बेला सशस्त्र प्रहरीका दुई जवान बेपत्ता भएको सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभयो।

उहाँले बेपत्ता भएका प्रहरीको खोजी कार्य भइरहेको बताउनुभयो। घटनास्थलमा प्रमुख जिल्ला अधिकारी दाहालको नेतृत्वमा सप्तरी र सुनसरीबाट थप सुरक्षाकर्मी झिकाएर परिचालन गरिएको छ।
Views: 216

