Aamsanchar

छोराले गरे बाबु र अर्का छिमेकीको हत्या

Author Image
शुक्रवार, जेठ २४, २०८२

परासी –  नवलपरासीमा दुईजनाको हत्या भएको छ । सुनवल नगरपालिका–२ औरहियामा छोराले बाबु र अर्का छिमेकीको हत्या गरेका हुन् । शुक्रबार बिहान ११ बजे ३५ वर्षीय खेमराज थारुले ५० वर्षीय बाबु दयाराम थारु र छिमेकी ७० वर्षीय नाथु धरिकारको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तले जानकारी दिए ।

उनीहरू दुबैजनालाई कोदालोले टाउकोमा प्रहार गरेर हत्या गरेका हुन् । उनीहरूको घटनास्थलमै मृत्यु भएको डीएसपी पन्तले बताए । हत्या गर्ने खेमराजलाई घरबाटै पक्राउ गरिएको छ । खेमराजले के कति कारणले हत्या गरे भन्ने बारे प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Views: 66

प्रतिक्रिया (०)

सम्बन्धित खबर