झापा । झापा जिल्लाको कमल गाउँपालिका–३ सानो केर्खास्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल दुर्घटनामा परि एक सशस्त्र प्रहरीको ज्यान गएको छ।

बिर्तामोडबाट केर्खातर्फ जाँदै गरेको प्र.१–०२–००५२प.७०२९ नम्बरको मोटरसाइकल अनियन्त्रित गएराती साँझ ७ः५५ बजे दुर्घटना हुँदा मोरङ कानेपोखरी गाउँपालिका–४ स्थायी बासिन्दा, हाल इलाम सशस्त्र प्रहरी बल नेपाल समालबुङमा कार्यरत ४८ वर्षीय सप्रनानि पुरन लाल राजवंशी गम्भीर घाइते भएका थिए।

उपचारका लागि बिर्तामोडस्थित विएण्डसी अस्पतालमा लगिएकोमा राति ९ः१० बजे उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेका थिए। मृतकको शव हाल अस्पतालमै राखिएको जिल्ल प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरी कार्यालयका अनुसार घटनाको अनुसन्धान भइरहेको छ ।

Views: 254

