Aamsanchar

अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका थप नेपाली आज काठमाडौं आउँदै

Author Image
आइतवार, जेठ २५, २०८२

काठमाडौं – अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका थप नेपाली आज काठमाडौं आउँदैछन्। अमेरिकी चार्टर्ड विमानमार्फत् काठमाडौं फर्काइएका उनीहरू अपराह्न सवा ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता एवं वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेले डिपोर्ट भएका नेपालीहरू आज अपराह्न ठूलो संख्यामा काठमाडौं आउन लागेको पुष्टि गरे पनि संख्या भने एकिन नभएको बताए।

राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २० मा सत्ता सम्हालेपछि हालसम्म १४० जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरिसकेको छ। डिपोर्ट भएकाहरूलाई मानव बेचबिखन नियन्त्रण ब्युरोले सामान्य सोधपुछ गरेर घर पठाउने गरेको छ भने दलालविरुद्ध कसैले उजुरी दिए अनुसन्धान प्रक्रिया शुरु हुने गरेको छ।

 

Views: 205

प्रतिक्रिया (०)

सम्बन्धित खबर