Aamsanchar

दाङ गढवामा लागू औषधसहित तीन जना पक्राउ

Author Image
आइतवार, जेठ २५, २०८२

दाङ। दाङ जिल्लाको गढवा गाउँपालिका–५ स्थित ठुलिचौरमा लागू औषधसहित तीन जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ।

गढवा इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गढवा–कोईलाबास सडकखण्डमा हिजो (शनिवार) साँझ ९ः०० बजे चेकजाँच गर्ने क्रममा कोईलाबासबाट गढवा तर्फ जाँदै गरेको लु ९६ प ८८९३ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गरेको थियो।

जाँचका क्रममा मोटरसाइकल चालक लक्ष्मण बिष्ट (२२), स्थायी ठेगाना गढवा गाउँपालिका–६, प्रगतिनगर, को शरीर खानतलासी गर्दा ब्राउन सुगर जस्तो देखिने करिब ६.४६ ग्राम लागू औषध फेला परेको थियो।

प्रहरीले घटनास्थलबाट लागू औषध खरिद गर्न आएका दुई व्यक्तिहरूलाई समेत नियन्त्रणमा लिएको छ। उनीहरूमाः भन्साराम यादव (३९), स्थायी ठेगाना अजगढवा – लागू औषध खरिद गर्ने सदान मनिहार (३७), स्थायी ठेगाना थानदेउखुरी – लागू औषध खरिद गर्ने

उनीहरूलाई लागू औषध (नियन्त्रण) ऐन अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Views: 137

प्रतिक्रिया (०)