Aamsanchar

सडकमा गाडी रोकेर सामान बेच्ने ३ सवारीसाधनलाई ४५ हजार रुपैयाँ जरिवाना

Author Image
सोमवार, जेठ २६, २०८२

काठमाडौं- काठमाडौं महानगरपालिकाले सडकमा गाडी रोकेर सामान बिक्री गरेको भन्दै ३ सवारीसाधन नियन्त्रणमा लिएर कारबाही गरेको छ ।

महानगर प्रहरी टोलीले वडा नम्बर १५ स्वयम्भूस्थित सवारी आवागमन तथा पैदल यात्रुलाई असहज हुने गरी सडक पेटी अतिक्रमण गरेर सामान बेचेको भन्दै १५ हजारका दरले ४५ हजार रुपैयाँ जरिवाना तिराएको हो । महानगर प्रहरीले सडकमा सवारीसाधन रोकर सामान बेच्ने र सडक पेटीमा सामान बेच्दा कारबाही गर्दै आएको छ ।

 

Views: 289

प्रतिक्रिया (०)

सम्बन्धित खबर