झापा । झापाको विर्तामोडमा प्रकाशन हुदै आएको पूर्वाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकाल (सीके अंकल) लाई पितृ शोक परेको छ ।
कनकाई नगरपालिका ६ चम्पापुरस्थित विद्यापति ढकालको ८९ वर्षको उमेरमा आज विहान निधन भएको हो । वि.स.१९९३ साल जेठ ८ गते जन्मिएका ढकाल सामाजिक एवम् धार्मिक व्यक्तित्वका रुपमा परिचित थिए । उनी केही समय अघिदेखि अस्वस्थ्य रहेका थिए ।

स्व. ढकालका श्रीमती हरिमाया ढकाल सहित ५ छोरा र ४ जना छोरी रहेका छन् । जसमा सीके अंकल काईला छोरा हुन् ।

ढकालका पाँच छोरा वुहारीहरुमा वेदप्रकाश – चन्द्रमाया, नरेन्द्र– गोमा, खेमराज – उर्मिला, चन्द्रकान्त – अम्विका, कमल – देवका रहेका छन् । चार छोरीहरु डम्वर कुमारी, रुकमिणा, चन्द्रकला र तीलरुपा रहेका छन् ढकालका २७ जना नातिनातिना रहेका छन् । स्व. ढकालको आज १० बजे कनकाई माईमा अन्तिम संस्कार गरिने बताइएको छ ।

