


मेयरको अड्डीलाई उपमेयर शिल्पा निराला कार्कीले पनि साथ दिएकी छन्। मेयर र उपमेयरको स्वार्थमा महानगरका कर्मचारीसमेत सहयोगी बनेर मेहतालाई हाजिर हुन नदिएपछि विराटनगर अहिले प्रमुख प्रशासकीयविहीन छ। महानगर कायममुकामयको भरमा चलिरहेको छ। यद्यपि, मेहताको विगत भने विवादरहित छैन। सुनसरीको इटहरी उपमहानगरपालिकाबाट विवादित भएपछि उनको सरुवा भएको थियो। त्यसको अढाई महिनामै उनले पुनः विराटनगरको प्रमुख प्रशासकीयको रूपमा सरुवा भएर आए। विराटनगर कोशी प्रदेशको एउटा मात्रै महानगर हो।
मन्त्रिपरिषद्को निर्णयबमोजिम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वैशाख ९ गते ४७ जना सहसचिवको सरुवा गरेको थियो। उक्त सरुवाबाट मेहताले विराटनगरको प्रमुख प्रशासकीयको जिम्मेवारी पाए। उनको सरुवा भएको बुधबार ५० दिन पूरा हुन्छ। तर, हालसम्म हाजिर हुन पाएका छैनन्।







Views: 110