Aamsanchar

ल्याडिङ गर्ने क्रममा दुई वटा प्याराग्लाईडिङ फेवा तालमा खस्याे

Author Image
बुधवार, जेठ २८, २०८२

पोखरा- ल्याडिङ गर्ने क्रममा बुधबार पोखरामा दुई वटा प्याराग्लाईडिङ दुर्घटनामा परेका छन् । पोखरा महानगरपालिका–१८ तोरेपानीबाट उडेको २ वटा प्याराग्लाईडिङ ल्याडिङ गर्ने क्रममा अनियन्त्रित भई फेवा तालको बीच भागमा खसेको हो ।

सो दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं.२४ कालिका गण कास्कीबाट फेवा रेस्क्यु टावरमा खटिएको सुरक्षा फौजले चार जनालाई दिउँसो करीव ३ बजे सकुशल उद्धार गरेको हो

उद्धार गरिएकाहरुमा भारतको बनारस घर बताउने ४१ वर्षीय अकलेस यादव र ३५ वर्षिय चन्दन कुमार पटेल तथा अग्नि प्याराग्लाईडिङ्गका पाईलट ३० वर्षिय मिलन शाह र ह्याप्पी फ्लाई प्याराग्लाईडिङ्गका पाईलट २८ वर्षिय विश्वास अधिकारी रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

Views: 265

प्रतिक्रिया (०)

सम्बन्धित खबर