Aamsanchar

मंगलपुरमा दुर्घटना हुँदा एक युवकको मृत्यु

Author Image
बिहिवार, जेठ २९, २०८२

रौतहट – पूर्व-पश्चिम राजमार्गअन्तर्गतको चन्द्रपुर-१ मंगलपुरमा दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

बिहीबार बिहान दुर्घटनामा परेर मंगलपुर १ का ३५ वर्षीय बुद्ध लिम्बुको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख लोकेन्द्र अधिकारीले जानकारी दिए ।

 

´अपरिचित गाडीले ठक्कर दिएका कारण लिम्बुको मृत्यु भएको हो, हालसम्म गाडीको नाम र नम्बर पत्ता नलागेका कारण प्रहरीले गाडी पत्ता लगाउने काम गरिरहेको छ,`अधिकारीले भने । स्थानीयले मृतकको शव उठाउन नमान्दा अहिले पूर्व-पश्चिम राजमार्गमा गाडी रोकिएका छ्न् । गाडी खुलाउन प्रयास भइरहेको उनले बताए ।

Views: 107

प्रतिक्रिया (०)

सम्बन्धित खबर