

काठमाडौं – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज स्कटल्याण्ड र नेदरल्याण्डसबीच खेल हुदैछ। यो खेल नेपाली समय अनुसार अपराहन्न पौने ४ बजेदेखि शुरु हुदैछ।

जारी सिरिजमा स्कटल्याण्डले २ खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ। स्कटल्याण्डले नेपालविरुद्धको एक खेलमा हार बेहोरेको छ भने नेपाल र नेदरल्याण्डसविरुद्ध एक एक जित हासिल गरेको छ।

त्यस्तै नेदरल्याण्डसले भने यस सिरिजमा आफ्ना तिनै खेलमा हार बेहोरेको छ। नेदरल्याण्डसले नेपालसँगका दुवै खेलमा हार बेहोरेको छ।


सिरिजमा नेपालले खेलेका आफ्ना सबै चार खेलमा ३ जित र एक हार बेहोरेको छ। स्कटल्याण्ड र नेदरल्याण्डस अहिलेसम्म १५ एकदिवसीय खेल खेलेका छन्। जसमा स्कटल्याण्डले ९ खेल जितेको छ भने नेदरल्याण्डसले ५ खेल जितेको छ।
Views: 183

