Aamsanchar

मैवाखोलामा जनश्रमदानमार्फत काठेपुल निर्माण सुरु

Author Image
बिहिवार, जेठ २९, २०८२

ताप्लेजुङ-ताप्लेजुङको मैवाखोला गाउँपालिकामा जनश्रमदानमार्फत काठेपुल निर्माण गर्न सुरु गरिएको छ । मैवाखोला गाउँपालिका–४ साँघुस्थित एकबासे नेरुवाखोलामा बुधबारदेखि अस्थायी काठेपुल निर्माण गर्न सुरु गरिएको हो ।

गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमको अगुवाइमा नेरुवाखोलामा काठेपुल निर्माण गर्न सुरु गरिएको हो । बर्खा मौसममा मानिस आउजाउ गर्नलाई समस्या हुने भएकाले काठेपुल निर्माण गर्न थालिएको गाउँपालिका अध्यक्ष वनेमले जानकारी दिनुभयो । अध्यक्ष वनेमका अनुसार मानिस आउजाउ गर्न साथै मोटर (गाडी) गुडाउनसमेत मिल्नेगरी अस्थायी काठेपुल निर्माण गर्न लागिएको हो ।

काठेपुल निर्माण गर्न सो क्षेत्रका स्थानीय नागरिक, टोल विकास संस्था, युवालगायत सहभागी भएर श्रमदान गर्न थालेका छन् । यता गाउँपालिकाको तर्फबाट व्याक हो लोडर (जेसिभी), ट्रयाक्टर, तारजाली लगायतका सामग्रीको व्यवस्था गरिएको छ ।

 

Views: 71

प्रतिक्रिया (०)

सम्बन्धित खबर