

काठमाडौं – नेपाली बजारमा बिहीबार (जेठ २९) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९२ हजार ९०० रुपैयाँ कायम छ । बुधबार (जेठ २८)छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य तोलाको दुई हजार १५० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला दुई हजार १६५ रुपैयाँमा कारोबार भएको थियो ।


Views: 145

