Aamsanchar

कन्सट्रक्सन सामग्री चोरीमा संलग्न ३ जना पक्राउ

Author Image
बिहिवार, जेठ २९, २०८२

ओखलढुंगा । ओखलढुंगामा निर्माण सामग्री चोरी गर्ने गिरोहमा संलग्न तीन जनालाई प्रहरीले चोरी गरिएको सामानसहित पक्राउ गरेको छ। पक्राउ परेकाहरूमा खिजीदेम्बा गाउँपालिका–७ का २६ वर्षीय विमल कार्की, १८ वर्षीय सुरज विश्वकर्मा र एक जना बालक रहेका छन्।

खिजीदेम्बा गाउँपालिका–८ स्थित एपोलो हाइड्रोपावर प्रा।लि। अन्तर्गत त्रिसाइज कन्सट्रक्सन कम्पनीको क्याम्पमा जेठ २७ गते राति एक थान ड्रिल मेसिन, एक थान ग्राइन्डर र विभिन्न प्रकारका तारहरू चोरी भएको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको टोलीले उनीहरूलाई आफ्नै घरबाट चोरीको सामानसहित नियन्त्रणमा लिएको हो।

हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Views: 158

प्रतिक्रिया (०)