

काठमाण्डौ – करेन्ट लागेर उदयपुरमा १७ वर्षीया किशोरीको ज्यान गएको छ । बेलका नगरपालिका–५ की दुर्गा कार्कीलाई घर छेउमा रहेको कुखुराको फार्ममा काम गर्ने क्रममा आज बिहान करेन्ट लागेको थियो ।

कार्कीलाई तत्काल उपचारका लागि बेलका नगर अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
Views: 212

