

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले आत्मसमर्पण गरेको आरोप लगाएका छन्।

माओवादी २ बुँदे सहमति गरेर सदन खुलाउन तयार भएपछि आज सुरु भएको संसद् बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले उक्त आरोप लगाएका हुन्।

उनले राजनीतिक तहको संलग्नता बिना भिजिट भिसा प्रकरणमा भ्रष्टाचार हुनै नसक्ने ठोकुवा पनि गरे।

Views: 117

