बिर्तामोड । झापा बिर्तामोडका स्थापित व्यवसायी तथा समाजसेवी सुरेश कुमार अग्रवाल (भद्रपुरे) ‘अग्र गौरव सम्मान’ बाट विभूषित भएका छन् ।

भारतको राजस्थान स्थित धर्मनगरी श्री खाटु श्याम धाममा हिजो आयोजित अन्तर्राष्ट्रिय अग्रवाल सम्मेलनमा उनलाई ‘अग्र श्री शिरोमणि पुरस्कार’ प्रदान गरिएको हो ।

अग्रसेन परिवार समाजको एक अभिभावक रहेका उनले मानवीय सेवामा उल्लेखनीय योगदान गरिरहेका छन् । उनी झापा बिर्तामोड स्थित अग्रसेन भवन सञ्चालन समितिको अध्यक्ष हुन । साथै रोटरी क्लब सहित अनेकौँ संघसंस्थामा क्रियाशील रहेका अग्रवाल बिर्तामोड तथा झापा जिल्लामै लोकप्रिय व्यक्तित्वको रुपमा परिचित छन् ।
Views: 214

