Aamsanchar

सत्ताधारी दलको सहमति पालना नभए एक महिनापछि आन्दोलन गर्छौँ : प्रचण्ड

Author Image
शनिवार, जेठ ३१, २०८२

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ताधारी दलहरूसँग गरिएको सहमति पालना नभए एक महिनापछि फेरि आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

शनिबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले सदनबाट महत्वपूर्ण ऐन पारित गर्नुपर्ने हुँदा असन्तुष्टि अस्थायीरूपमा टालेको जानकारी दिए ।

“एकातिर संघीय निजामती ऐन छिटोभन्दा छिटो पारित गर्नुपर्ने छ । लाखौँ शिक्षकको मागअनुसार विद्यालय शिक्षा ऐनलाई अन्तिम रूप दिनुपर्नेछ । टीआरसी सम्बन्धित विषय अगाडि बढी टुङ्गोमा पुर्‍याउनुपर्ने छ । यो अवस्थामा सदन अवरोध गरिरहनाले समाधान ननिस्कने हुँदा सहमतिमा गएका हौँ ।”

भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिन हुनुपर्नेमा आफूको जोड रहेको पनि उनले बताए । यो विषयको गहन अध्ययन गरिनुपर्ने र त्य अनुसारको संरचना बन्नुपर्नेमा उनको जोड थियो ।

पार्टी नेता अग्नि सापकोटाको मुद्दासँग गृहमन्त्रीको राजीनामा सम्बन्धित छ भन्ने प्रश्नमा उनले असन्तुष्टि जनाउनुभयो । “यो वाहियात कुरा मानिसहरूले फैलाएका छन् । त्यस्तो कुरा नभई भिजिट भिसा प्रकरण र अग्नि सापकोटासँग कुनै सम्बन्ध छैन ।”

Views: 158

प्रतिक्रिया (०)