काठमाडौँ । आजदेखि त्रिदेशीय टी २० क्रिकेट शृंखला सुरु हुँदैछ। स्कटल्यान्डमा हुने शृंखलाको पहिलो खेलमा आज घरेलु टोली स्कटल्यान्ड र नेदरल्यान्डस् खेल्दैछन्।
नेपालले आफ्नो पहिलो खेल भोलि नेदरल्यान्ड्ससँग खेल्नेछ। नेपालले घरेलु टोलीसँगै नेदरल्यान्ड्ससँग टी २० शृंखला खेल्नेछ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीमा रुपेश सिंह र किरण ठगुन्नाले पहिलो पटक मौका पाएका छन्। तीव्र गतिका बलर सोमपाल कामी र अलराउन्डर गुलशन झा अभ्यास खेलमा घाइते भएकाले टी २० शृंखला गुमाउनेछन्।
आजको खेला ग्लास्गोमा नेपाली समयअनुसार पौने ७ बजे सुरु हुनेछ।
Views: 154

