विराटनगर । विश्व रक्तदाता दिवसको मौका पारेर रक्तदानको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने विराटनगरका तीन व्यक्तित्व शनिबार सम्मानित भएका छन् ।

सम्मानित हुनेहरुमा चर्मरोग विशेषज्ञ डा केएन ठाकुर, आरोहण गुरुकुलका अध्यक्ष भैरव क्षेत्री र अष्टचिरञ्जीवी मन्दिरका अध्यक्ष विनायक पन्त छन् ।

नेपाल स्वयंसेवी रक्तदाता समाज मोरङको आयोजनामा विराटनगर हाटखोला स्थित आरोहण गुरुकुलमा भएको कार्यक्रमको समयमा कोशी प्रदेशमा सर्वाधिक रक्तदान गर्ने व्यक्तिको रुपमा ७० वर्षीय ठाकुर सम्मानित भएका हुन् । ठाकुरले ६० वर्षको उमेरसम्ममा १०९ पटक रक्तदान गरिसकेका थिए ।

त्यस्तै, आफैँ रक्तदाता हुनुकासाथै नाटक, टेलिफिल्म अनि चलचित्रको माध्यमबाट स्वयंसेवी रक्तदाताहरूको प्रेरणा फैलाउन भूमिका खेलेकाले भैरव क्षेत्री सम्मानित गरिएका हुन् ।


दुर्लभ रक्तसमूह बी नेगेटिभ भएका रक्तदाता तथा सामाजिक अभियन्ता विनायक पन्त असुविधामा परेकाहरूको लागि जस्तै समयमा पनि रक्त प्रदान गर्न सदा तयार रहेकाले सम्मानित गरिएका हुन् ।
कार्यक्रम्का अध्यक्ष हरिमोहन श्रेष्ठ —जस्ले अहिलेसम्म १०३ पटक रक्तदान गरिसके्का छन् ।

