Aamsanchar

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारद्वारा आफ्नाे भनाई राख्न अस्विकार

Author Image
आइतवार, असार १, २०८२

काठमाडौं – प्रतिनिधिसभाको बैठकमा आज पनि रास्वपा र राप्रपाले नाराबाजी गरेका छन्। गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै रास्वपाका सांसदले वेल घेराउ गरेपनि सभामुख देवराज घिमिरेले कारबाही अघि बढाएका छन्।

बैठकमा सभामुखले दलीय आधारमा संसदमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, एमाले सचिव योगेश भट्टराई, मा‌ओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले सदनमा भनाइ राखे। त्यसपश्चात रास्वपाका प्रमुख सचेतक सन्तोष परियारलाई सभामुख घिमिरेले समय दिएका थिए। तर, ३ पटक नाम बोलाउँदासमेत परियार नाराबाजी गरिरहे। त्यसपश्चात सभामुखले रामप्रकाश चौधरीले बोलेका छन्। अहिले पनि रास्वपा र राप्रपाका सांसदले नाराबाजी गरिरहेका छन्।

 

Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर