

झापा । मेची राजमार्गको फिदिम–ताप्लेजुङ सडक खण्डमा पर्ने फिदिम-४ र हिलिहाङ-७ जोड्ने हेवाखोलामा निर्माणाधिन पुल भाँचिएको घटनाबारे छानबिन गर्न सरकारले समिति बनाएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले मन्त्री स्तरीय निर्णयमार्फत ५ सदस्यीय अध्ययन तथा छानबिन समिति गठन गरेका हुन् ।
सडक विभागका उपमहानिर्देशक ललिजन खनालको संयोजकत्वमा गठित समितिमा संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकका प्रमुख विनोदकुमार मौवार, सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जीवेन्द्र मिश्र, दमक डिभिजन प्रमुख श्यामकुमार यादव र सडक विभागका सिडीई अमितकुमार वर्मा सदस्य छन् ।

Views: 114

