काठमाण्डौँ । बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटमा दुई व्यक्ति सहित एक कुकुर मृत अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक तथा प्रवक्ता अपिल राज बोहराका अनुसार मृत भेटिएकामा चन्डिगढ, भारत घर भएका ५४ वर्षीय परम नारायण गिल र धादिङको गल्छी गाउँपालिका–६ घर भएकी २८ वर्षीय अन्जना तामाङ रहेकी छन् ।

उनीहरू पासिकोटस्थित थ्री–स्टार किडजोन स्कुलको कम्पाउन्डभित्रको साढे दुई तले घरमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घटना शंकास्पद रहेकाले प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

गिल फोटो ग्राफरको रुपमा काम गर्थे भने उनले घरको एक कोठा भाडामा लिई बसेको पाइएको छ । प्रहरीको अनुमान अनुसार घटना हत्या पछि आत्महत्या हुन सक्ने देखिएको छ ।

Views: 319

