Aamsanchar

स्वयं असन्तुष्टि व्यक्त गर्दै सुसाइड नोट लेखेर सम्पर्कविहिन भए डा. केशव श्रेष्ठ, प्रहरीले गरिरहेको छ खोजी

Author Image
सोमवार, असार २, २०८२

काठमाडौं । रामेछाप जिल्ला अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्टको रुपमा कार्यरत डा. केशव श्रेष्ठ आफूलाई अन्यायमा पारिएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा सुसाइड नोट राखेर सम्पर्कविहिन भएका छन् ।

न्याय पाउने आधार नभेटेपछि मृत्यु स्वीकार्न लागेको उल्लेख गर्दै उनले फेसबुकमा स्टाट्स राखेका हुन । काठमाडौं, हेटौंडा र रामेछापमा प्रहरी परिचालन गरिए पनि अहिलेसम्म उनी फेला पर्न सकेका छैनन् ।

श्रेष्ठको फोन ट्र्याक गर्दा अन्तिम लोकेसन काठमाडौंको गोपिकृष्ण हलमा देखिएको थियो । त्यहाँबाट उनी सम्पर्कविहिन बनेको प्रहरीले जनाएको छ ।

करिब २५ महिना जिल्ला अस्पतालमा सेवा गर्दा १८ महिना निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी सम्हालेको उल्लेख गर्दै उनले असन्तुष्टि व्यक्त गरेका छन् । “रामेछाप अस्पतालको कहिले डाक्टर त कहिले नर्स मेरो विरुद्धमा लगाइ नै राखे पनि म डटेर नै काम गरेँ । एउटा व्यवस्थित अस्पताल बनाएँ पनि, हरेक कुरालाई सिस्टममा लिएर आएँ ।”

रामेछापकै कर्मचारी केदार कार्कीको आदेश अस्विकार गर्दा कारवाही गराइएको आरोप लगाउँदै उनले भने, “बदलाको भावनाले प्रतिशोध साधेर मेरो बिरुद्ध पत्र लेख्न लगाएर सुनियोजित ढंगले मलाई रामेछाप छोड़न बाध्य गराइयो । मैले बुझबुझारथ केही नगरी मन्त्रालयमा गाड़ी खोसे, हाजिर पनि नगरी  गाड़ीमा रामेछाप पठाईयो । मलाई अमानवीय व्यवहार गरेर हेटौडामा अलपत्र पारे । सरुवा गरिएको छ हेटौडा अस्पतालमा, तर हाजिर गराईएको छ मन्त्रालयमा । मलाई धेरै दुःख दिए, अहिले यो दुख÷पीडा सहन अनि सोच्न पनि सकेको छैन । मैले जिन्दगीबाट नै हार खाएँ । कतैबाट केही साथ÷सहयोग पाउन सकिनँ ।”

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. खगेश्वर गेलालको अनुसार, उनलाई एकजना महिला चिकित्सकको लिखित उजुरीको आधारमा कारवाही गरिएको थियो । मध्यमा मन्त्री, सचिवलगायतको नाममा असन्तुष्टि सम्बन्धमा कल आइरहेको हुनाले असन्तुलन हुन सक्नेतिर मध्यनजर गरि उनलाई मन्त्रालय तानिएको गेलालको भनाइ छ ।

स्वास्थ्यको प्रमुखसँग समन्वय गरि बुढानिलकण्ठको वरिपरि प्रहरीले खोजी गरिरहेको जनाइएको छ । अहिलेसम्म उनलाई फेला पार्न सकिएको छैन ।

Views: 92

प्रतिक्रिया (०)

सम्बन्धित खबर