Aamsanchar

अलबिदा लेखेरै सम्पर्क विहीन बनेका डा. केशव श्रेष्ठ साथीसहित रिजोर्टमा भेटिएका थिए

Author Image
सोमवार, असार २, २०८२

तारकेश्वर नगरपालिका–३ स्थित श्रीनाथ बुटिक रिजोर्टमा साथीसहित भेटिएका डा। केशव श्रेष्ठको असन्तुष्टि फेसबुक स्टाटसमा पोखिएको थियो । राजनीतिकरण गरेर काम गर्न नदिइएको उल्लेख गर्दै उनले ‘अलबिदा’ शीर्षकमा स्टाटस राखेपछि सर्वत्र चर्चा सुरु भएको थियो ।

डा। श्रेष्ठ १८ महिना रामेछाप जिल्ला अस्पतालको सुपरिटेन्डेन्टको रुपमा काम गरिरहेका थिए । स्टाटसमा उनले आफूलाई असन्तुष्टि गराइएको कुरा उल्लेख गरेका थिए ।

सोमबार बिहान ९ः० मा स्टाटस राखे लगत्तै प्रहरीले उनलाई खोज्न सुरु गर्यो । पछि तारकेश्वरको श्रीनाथ बुटिक रिजोर्टमा उनलाई सकुशल भेटियो ।

रिजोर्ट्का म्यानेजर राकेश लोहार अनुसार, “उहाँ बिहान साढे १० देखि ११ बजेको बीचमा यहाँ आउनुभएको थियो, उहाँ बुलेट बाइक चढेर यहाँ आउनुभएको थियो।”

लोहारको भनाइ अनुसार सुरुमा एक्लै आएका उनलाई पछि ४–५ जना साथी थपिएका थिए । “सुरुमा उहाँ मात्रै यहाँ आउनुभएको थियो । पछि केही साथीहरू होलान्, आए । अनि पछि त प्रहरी पनि आयो र प्रहरीले साथमा लिएर गएको छ।”

त्यस्तै, रिजोर्टमा बस्दा उनले एक कप कफी पिएका थिए । “तर, उहाँ केही बोलिरहनुभएको थिएन । कफीचाहिँ पिउनुभयो एक कप, थप कुरा गर्नुभएको थिएन । तर, बस्नचाहिँ लामै समय बस्नुभयो।”

प्रहरीको प्रारम्भिक बयानमा उनले ‘आत्महत्या’को लागि घर बाहिर निस्केको कुरा स्वीकारेका थिए । तर, रिजोर्टमा त्यस्तो कुरा नभेटिएको म्यानेजर लोहारको भनाइ थियो ।

Views: 515

प्रतिक्रिया (०)

सम्बन्धित खबर