Aamsanchar

स्कुलको कमाउण्डभित्र सोही स्कुलको भ्यान दुर्घटना हुँदा विद्यार्थीको मृत्यु

Author Image
सोमवार, असार २, २०८२

काठमाडौँ – काठमाडौँ महानगरपालिका–१४ कलंकीस्थित ईडीफाई ईन्टरनेशनल स्कुलको कमाउण्डभित्र सोही स्कुलको भ्यान दुर्घटना हुँदा विद्यार्थीको मृत्यु भएको छ।

स्कुलको माईक्रो भ्यान दुर्घटनामा सोही स्कुलमा अध्ययनरत काठमाडौँ कुलेश्वर बस्ने सर्लाही घर भएकी ९ वर्षीया सोनाक्षी यादवको आज मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको सहिद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

उक्त भ्यानको ठक्करबाट घाइते भएका ६ जना मध्ये ५ जनाको नेपाल नेशनल अस्पतालमा र १ जनाको बयोधा अस्पताल बल्खुमा उपचार भइरहेको छ।

 

Views: 421

प्रतिक्रिया (०)

सम्बन्धित खबर