Aamsanchar

सुनको भाउ घट्यो

Author Image
मङ्गलवार, असार ३, २०८२

काठमाडौं – साताको तेस्रो कारोबार दिन आज सुनको भाउ घटेको छ।

सोमबारको तुलनामा मंगलबार सुनको भाउ एकैदिन तोलामा २ हजार ५०० रुपैयाँले घटेको हो। सुनसँगै चाँदीको भाउमा पनि सामान्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला १ लाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदी तोलामा ५ रुपैयाँले घटेर २ हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला २ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ। मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३९०.७ अमेरिकी डलर र चाँदी ३६.३९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Views: 13

प्रतिक्रिया (०)

सम्बन्धित खबर