Aamsanchar

भारतबाट अवैधरूपमा ल्याएको माछा प्रहरीद्वारा नष्ट

Author Image
मङ्गलवार, असार ३, २०८२

बिर्तामोड ।  झापा जिल्लाको मेचिनगर नगरपालिका ५ नक्कलबन्दामा आज प्रहरी चौकी नक्कलबन्दाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ अवैधरूपमा लुकाएर ल्याएको ३०० किलो अमूर जातको माछा बरामद गरेको छ ।

एक लाख बीस हजार रुपैयाँ बराबरको उक्त माछालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याई पशु क्वारेन्टाइन काँकरभिट्टाबाट खटिएको प्रतिनिधिको रोहबरमा खाल्डोमा पुरेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

Views: 18

प्रतिक्रिया (०)