Aamsanchar

आजको दिन कस्तो रहन्छ ? राशिफल हेर्नुहोस्

Author Image
मङ्गलवार, असार ३, २०८२

🔴 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकासमा लाभ मिल्नेछ। आँट र हिम्मतले फाइदा हुनेछ। नकारात्मक सोच हटाएर समन्वयमा बल दिनुहोस्। आध्यात्मिक र दार्शनिकतर्फ आकर्षणले दैनिक जिम्मेवारीमा बाधा आउनसक्छ। सिनियर वा आफन्तसँग वैमनस्यता देखिन सक्छ।
🔸 भाग्यबलः ८५%
🔸 शुभअङ्कः २ । शुभरङः सेतो । शुभदिशाः पश्चिम
🔸 मन्त्रः ॐ गङ्गाधराय नमः (२१ पटक)

🟢 वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कारोबारबाट अपेक्षित लाभ हुने दिन हो। अभिभावकको सहानुभूति प्राप्त हुनेछ। महिलाहरूको करियरमा प्रगति देखिन्छ। विद्यार्थीले भावी योजना बनाउने दिन हो।
🔸 भाग्यबलः ४०%
🔸 शुभअङ्कः १ । शुभरङः हरियो । शुभदिशाः दक्षिण
🔸 मन्त्रः ॐ बुं बुधाय नमः (८ पटक)

🔵 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अप्ठ्यारा परिस्थितिमा पनि सफलताका सम्भावना छन्। नयाँ आम्दानीको बाटो खुल्नसक्छ। छोटो यात्रा र व्यक्तिगत सम्बन्धमा सुधार आउँछ।
🔸 भाग्यबलः ८०%
🔸 शुभअङ्कः ९ । शुभरङः नीलो÷कालो । शुभदिशाः पूर्व
🔸 मन्त्रः ॐ ब्रां ब्रीं ब्रौं सः बुधाय नमः (८ पटक)

🔴 कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सम्मान प्राप्त भए पनि आर्थिक लगानी नगर्नु ठीक हुन्छ। स्वास्थ्यमा समस्या आउनसक्छ। योग वा ध्यानमा समय बिताउनु लाभदायक हुनेछ।
🔸 भाग्यबलः ०%
🔸 शुभअङ्कः ८ । शुभरङः रातो । शुभदिशाः उत्तर
🔸 मन्त्रः ॐ सङ्कटाभगवत्यै नमः (९ पटक)

🟠 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ साथी र ज्ञान प्राप्तिको राम्रो अवसर छ। व्यक्तिगत सम्बन्धलाई गहिरो बनाउने दिन हो। घरपरिवार र काममा सन्तुलन राख्नु आवश्यक छ।
🔸 भाग्यबलः ६०%
🔸 शुभअङ्कः ७ । शुभरङः रातो । शुभदिशाः पश्चिम
🔸 मन्त्रः ॐ राधाकृष्णाभ्यां नमः (११ पटक)

🟣 कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रतिष्ठा बढ्ने मौका छ, तर शंका, चिडचिडापन हावी हुनसक्छ। सहकर्मीहरूसँग व्यवहारमा सन्तुलन जरुरी छ।
🔸 भाग्यबलः ७५%
🔸 शुभअङ्कः ६ । शुभरङः रातो । शुभदिशाः दक्षिण
🔸 मन्त्रः ॐ ऐं श्रीं श्रीं बुधाय नमः (८ पटक)

⚖️ तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सानो प्रयत्नले ठूलो परिणाम पाउने दिन हो। पारिवारिक सन्तुष्टि मिल्नेछ। पठनपाठन र अध्ययनको राम्रो समय छ।
🔸 भाग्यबलः ३०%
🔸 शुभअङ्कः ५ । शुभरङः रातो÷हरियो । शुभदिशाः पूर्व
🔸 मन्त्रः ॐ रोहिणीपुत्राय नमः (८ पटक)

🦂 वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
काममा बढी खटिनु नपरे पनि पारिवारिक सन्तुलन राख्नुपर्छ। भावनात्मक चञ्चलता देखिन सक्छ। आत्मबल बलियो हुने दिन हो।
🔸 भाग्यबलः ४५%
🔸 शुभअङ्कः ४ । शुभरङः सिम्रिक रातो । शुभदिशाः उत्तर
🔸 मन्त्रः ॐ नमःभद्रकाल्यै (९ पटक)

🏹 धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफ्नो काममा केन्द्रित हुनुपर्ने समय हो। चलअचल सम्पत्ति खरीदको योजना बन्न सक्छ। पारिवारिक र व्यापारिक लाभ सम्भावित छ।
🔸 भाग्यबलः ४५%
🔸 शुभअङ्कः ३ । शुभरङः हरियो । शुभदिशाः पश्चिम
🔸 मन्त्रः ॐ सोमजाय नमः (८ पटक)

🐊 मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
खर्च बढ्ने देखिए पनि सोच्नु नभएको ठाउँबाट लाभ मिल्ने छ। आफ्नो पहिचान कायम राख्न सकिने छ।
🔸 भाग्यबलः ३०%
🔸 शुभअङ्कः २ । शुभरङः सेतो÷उज्यालो । शुभदिशाः दक्षिण
🔸 मन्त्रः ॐ सिद्धिलक्ष्म्यै नमः (११ पटक)

🌬 कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सकारात्मक सोच र आत्मविश्वासका साथ लक्ष्यप्रति केन्द्रित भइ काम गर्नु उपयुक्त हुनेछ। यात्राको सम्भावना पनि छ।
🔸 भाग्यबलः २५%
🔸 शुभअङ्कः १ । शुभरङः नीलो÷कालो । शुभदिशाः पूर्व
🔸 मन्त्रः ॐ शं सूर्यात्मजाय नमः (२३ पटक)

🐟 मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रेम सम्बन्धमा समर्पण आवश्यक छ। धार्मिक कार्यमा मन लाग्नेछ। तर, व्यापारमा असावधानीले घाटा हुनसक्छ।
🔸 भाग्यबलः ५०%
🔸 शुभअङ्कः ३ । शुभरङः सेतो । शुभदिशाः उत्तर
🔸 मन्त्रः ॐ त्र्यम्बकाय नमः (२१ पटक)

Views: 258

प्रतिक्रिया (०)

सम्बन्धित खबर