♈ मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज सानातिना काममा पनि विशेष ध्यान दिनुपर्नेछ । खर्च नियन्त्रणमा नराखे समस्या हुन सक्छ । एकाग्रता कमजोर हुने सम्भावना भएकाले एकछिन विश्राम लिएर पढाइ वा मनपर्ने कार्यमा फर्कनु हितकर हुनेछ । भावनाको ज्वारभाटालाई बुझ्ने कमै हुनेछन् ।
🔸 भाग्यबलः ४५%
🔸 शुभअङ्कः ३ । शुभरङः छिरबिरे/रङ्गीबिरङ्गी । शुभदिशाः उत्तर
🔸 मन्त्रः ॐ कें केतवे नमः (७ पटक)

♉ वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अघिल्लो मिहिनेतको पुरस्कारस्वरूप लाभ मिल्ने दिन हो । अतिरिक्त आयको सम्भावना छ । प्रेमसम्बन्ध प्रगाढ बन्नेछ, उपहार पाउने सम्भावना पनि छ । नयाँ साथी वा यात्रा रमाइलो बन्नसक्छ ।
🔸 भाग्यबलः १००%
🔸 शुभअङ्कः २ । शुभरङः पहेंलो । शुभदिशाः पश्चिम
🔸 मन्त्रः ॐ देवपुजिताय गुरवे नमः (१९ पटक)

♊ मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आत्मबल र परिश्रममा वृद्धिले सफलता दिलाउनेछ । व्यक्तिगत प्रयासबाट उपलब्धि लिन सकिने समय हो । विशेषतः शैक्षिक तथा सिर्जनात्मक क्षेत्रमा उपलब्धिको दिन छ ।
🔸 भाग्यबलः १००%
🔸 शुभअङ्कः १ । शुभरङः सेतो । शुभदिशाः दक्षिण
🔸 मन्त्रः ॐ कर्माधिष्ठातृदेवेभ्यो नमः (२१ पटक)

♋ कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ कामको सुरुवात सकारात्मक हुनेछ । निर्णय क्षमता बढ्ने समय हो । घरपरिवारप्रति कर्तव्यबोध हुनेछ, तर प्रेम जीवनमा उतारचढाव आउन सक्छ ।
🔸 भाग्यबलः ५५%
🔸 शुभअङ्कः ९ । शुभरङः सुन्तले । शुभदिशाः पूर्व
🔸 मन्त्रः ॐ देवगुरुभ्यो नमः (१९ पटक)


♌ सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लेनदेनमा सचेत हुनु पर्ने दिन हो । अस्वस्थ महसुस हुन सक्छ, आराम आवश्यक छ । व्यवसायमा खनिज वा पुरातात्त्विक वस्तुमा फाइदा देखिन्छ ।
🔸 भाग्यबलः ०%
🔸 शुभअङ्कः ८ । शुभरङः सेतो÷पहेंलो । शुभदिशाः उत्तर
🔸 मन्त्रः ॐ सर्वमृत्युनिवारकाय नमः (२१ पटक)
♍ कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कलात्मक क्षेत्र र मनोरञ्जनतर्फ झुकाव बढ्नेछ । अभिभावक वा शिक्षकबाट विश्वास पाउने समय हो । मेहनतले सफलता हात लाग्नेछ ।
🔸 भाग्यबलः १००%
🔸 शुभअङ्कः ७ । शुभरङः रातो । शुभदिशाः पश्चिम
🔸 मन्त्रः ॐ कुलपूजितायै नमः (११ पटक)
♎ तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
शत्रु वा ईष्र्यालुहरू सक्रिय हुनसक्छन्, गोप्य योजना बनाउनु उचित हुन्छ । प्रेम सम्बन्धमा उतारचढाव आए पनि समाधान सम्भव छ । आर्थिक समस्यामा केही सुधारको संकेत छ ।
🔸 भाग्यबलः १००%
🔸 शुभअङ्कः ६ । शुभरङः गुलाबी÷सिन्दुरे । शुभदिशाः दक्षिण
🔸 मन्त्रः ॐ सर्वरोगहराय नमः (१० पटक)
♏ वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सन्तानको उन्नतिमा खुशी मिल्नेछ । शैक्षिक तथा बौद्धिक क्षेत्रबाट प्रगति सम्भव छ । अध्ययन वा लेखनकार्यमा समय दिनु लाभदायक हुनेछ ।
🔸 भाग्यबलः ८०%
🔸 शुभअङ्कः ५ । शुभरङः पहेंलो । शुभदिशाः पूर्व
🔸 मन्त्रः ॐ बृं बृहस्पतये नमः (१९ पटक)
♐ धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पारिवारिक झमेला हुन सक्छ । काममा अत्यधिक व्यस्तता रहनेछ । सानो गल्तीले ठूलो हानि हुनसक्छ, विशेष सतर्कता आवश्यक छ ।
🔸 भाग्यबलः २५%
🔸 शुभअङ्कः ४ । शुभरङः सिम्रिक रातो । शुभदिशाः उत्तर
🔸 मन्त्रः ॐ ग्रां ग्रीं ग्रौं सः गुरवे नमः (१९ पटक)
♑ मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यक्तिगत सम्बन्धमा गहिरो समझदारी बन्नेछ । नयाँ काममा सफलता मिल्ने समय हो । इच्छाशक्ति र वाणीको प्रयोगबाट अवसर हात पार्न सक्नुहुन्छ ।
🔸 भाग्यबलः १००%
🔸 शुभअङ्कः ३ । शुभरङः गुलाबी÷सिन्दुरे । शुभदिशाः पश्चिम
🔸 मन्त्रः ॐ बक्रतुण्डाय हुम् (२१ पटक)
♒ कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
एक्लोपन हट्नेछ, नयाँ मित्रता वा सम्बन्ध बन्न सक्छ । आर्थिक लाभ त होला तर आलोचना पनि हुनसक्छ, नम्रता अपनाउनु राम्रो हुन्छ ।
🔸 भाग्यबलः ७०%
🔸 शुभअङ्कः २ । शुभरङः पहेंलो । शुभदिशाः दक्षिण
🔸 मन्त्रः ॐ गुं गुरवे नमः (१९ पटक)
♓ मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आजको परिश्रमले उल्लेखनीय सफलता दिनेछ । पूराना फाइल वा विषयवस्तुबाट पनि लाभ उठाउन सकिनेछ । प्रतिष्ठा र धन बढ्ने समय हो ।
🔸 भाग्यबलः १००%
🔸 शुभअङ्कः १ । शुभरङः पहेंलो÷सुन्तले । शुभदिशाः पूर्व
🔸 मन्त्रः ॐ वाचस्पतये नमः (१९ पटक)

