Aamsanchar

मधेस सरकारको बजेट खर्च २२.४७% मात्रै, ७८% अझै बाँकी

Author Image
बिहिवार, असार ५, २०८२

जनकपुर । चालु आर्थिक वर्षको अन्त्य नजिकिँदै गर्दा मधेस प्रदेश सरकारले जम्मा २२.४७ प्रतिशत मात्रै बजेट खर्च गरेको छ। प्रदेश लेखा नियन्त्रक कार्यालय जनकपुरका अनुसार जेठ मसान्तसम्म ४३ अर्बभन्दा बढीको कुल बजेटमध्ये ९ अर्ब ८६ करोड रुपैयाँ मात्र खर्च भएको हो।

सबैभन्दा कम खर्च मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको छ। उसले ४७ करोड बजेटमध्ये जम्मा २ करोड मात्रै खर्च गरेको छ। उद्योग, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यजस्ता मन्त्रालयले समेत २०–३० प्रतिशत बजेट मात्र खर्च गर्न सकेका छन्।

बजेट खर्चमा ढिलाइको कारण योजनाको ढिलो सुरुवात, टेन्डर प्रक्रियामा ढिलाइ, कर्मचारी अभाव र प्रशासनिक लापरबाही रहेको अर्थमन्त्री सुनिल यादवले बताए। तर, विपक्षी दल जसपा नेपालका नेता मनिष सुमनले मन्त्रीहरूको कमजोरी र कमिसनको नियतले बजेट खर्चमा ढिलाइ भएको आरोप लगाए।

अबको ११ दिनमा करिब ७८ प्रतिशत बजेट खर्च गर्नुपर्ने अवस्था छ, जसले गुणस्तरहीन काम र भ्रष्टाचारको जोखिम बढ्ने चिन्ता विज्ञहरूले व्यक्त गरेका छन्।

Views: 65

प्रतिक्रिया (०)

सम्बन्धित खबर