🔥 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
नयाँ कुरा पढ्ने वा सिक्ने रुचि जाग्नेछ । नबुझेका विषयमा केन्द्रित भएर मेहनत गरेमा राम्रो उपलब्धि मिल्नेछ । प्रतिष्ठा बढाउने कार्यमा सफलता पाइनुका साथै जिम्मेबारीप्रति सचेत भइने समय हो । अड्किएका काम बन्नेछन् भने नयाँ काममा अघि बढ्न सकिनेछ । अनुभव प्रयोग गर्दा सम्मानजनक जिम्मेवारी हात पर्नेछ ।
🔢 भाग्यबलः ६५%
🔢 शुभअङ्कः १
🎨 शुभरङः गुलाबी
🧭 शुभदिशाः पूर्व
🔯 मन्त्रः ॐ भूमिनन्दनाय नमः (१० पटक)

🌱 बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
अविश्वासी साथीहरूको माझमा आफ्ना गोप्य कुरा नगर्नुहोला, अफवाह फैलने सम्भावना छ । खर्च बढ्नेछ र विचारमा उतारचढाव देखिनेछ । सहयोगीप्रति पूर्ण भरोसा नगरिएको राम्रो हुन्छ । व्यवसायिक परिस्थितिमा सुधार ल्याउन साहस र विवेक आवश्यक छ ।
🔢 भाग्यबलः २५%
🔢 शुभअङ्कः ३
🎨 शुभरङः नीलो ÷ कालो
🧭 शुभदिशाः उत्तर
🔯 मन्त्रः ॐ मन्दचेष्टाय नमः (२३ पटक)

🌟 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
माङ्गलिक कार्यको योजना बन्न सक्छ । चटोपटे खानेकुरा मन पर्नेछ । परीक्षा वा परिणाम आशाअनुसार हुनेछ । लगनशीलता र सिर्जनशीलताले सफलता दिलाउनेछ । आत्मविश्वास बढ्नेछ र कार्यक्षेत्रमा प्रशंसा प्राप्त हुनेछ ।
🔢 भाग्यबलः १००%
🔢 शुभअङ्कः २
🎨 शुभरङः नीलो ÷ कालो
🧭 शुभदिशाः पश्चिम
🔯 मन्त्रः ॐ छायापुत्राय नमः (२३ पटक)

💼 कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
हाकिम वा सिनियरसँगको सम्बन्ध राम्रो बन्नेछ । आम्दानी बढ्नेछ, तर कामको चापले थकान हुनसक्छ । सृजनशील सोचले नवीन कार्य आरम्भ गर्न सकिनेछ । तर घरभित्र मनमुटाव र मानसिक तनाव देखिन सक्छ ।
🔢 भाग्यबलः १००%
🔢 शुभअङ्कः १
🎨 शुभरङः नीलो ÷ कालो
🧭 शुभदिशाः दक्षिण
🔯 मन्त्रः ॐ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः (२३ पटक)


🦁 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
नयाँ कामको सुरुआत हुने समय हो । सार्वजनिक र सामाजिक काममा संलग्न हुनुपर्ने हुन सक्छ । थोरै प्रयासमा धेरै लाभ पाइनुका साथै सम्मानजनक सफलता मिल्नेछ ।
🔢 भाग्यबलः ४०%
🔢 शुभअङ्कः ९
🎨 शुभरङः गुलाबी
🧭 शुभदिशाः पूर्व
🔯 मन्त्रः ॐ धरणीसुताय नमः (१० पटक)
🌾 कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
वातावरण प्रतिकूल रहेकोले धैर्यताको खाँचो हुनेछ । पढाइ वा अन्य जिम्मेवारीमा सजग रहनु आवश्यक छ । आर्थिक पक्ष कमजोर रहनसक्छ र प्रयासको प्रतिफल अपेक्षाअनुसार नआउन सक्छ ।
🔢 भाग्यबलः ०%
🔢 शुभअङ्कः ८
🎨 शुभरङः नीलो ÷ कालो
🧭 शुभदिशाः उत्तर
🔯 मन्त्रः ॐ शं शनैश्चराय नमः (२३ पटक)
⚖️ तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
एकान्त र आत्ममन्थनको समय हो । प्रविधिको प्रयोग लाभदायक हुनेछ । परिवारमा विवाद हुन सक्ने सम्भावना रहेकाले संवादमा ध्यान दिनु होला । आयात–निर्यात व्यवसायमा संयमता आवश्यक छ ।
🔢 भाग्यबलः १००%
🔢 शुभअङ्कः ७
🎨 शुभरङः रातो
🧭 शुभदिशाः पश्चिम
🔯 मन्त्रः ॐ कामाक्षीदेव्यै नमः (९ पटक)
🦂 बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
नयाँ ज्ञान र सोचको सुरुवात गर्ने दिन हो । भावनात्मक द्वन्द्वलाई विचार र संयमताले जित्नु हुनेछ । परिवारसँगको असमझदारी टुंगिने छ । आफ्नो कमजोरी चिन्न सकिनेछ ।
🔢 भाग्यबलः १००%
🔢 शुभअङ्कः ६
🎨 शुभरङः ध्वाँसे ÷ कालो
🧭 शुभदिशाः दक्षिण
🔯 मन्त्रः ॐ रां राहवे नमः (१८ पटक)
🎯 धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आत्मबल र इच्छाशक्ति उच्च रहनेछ । नयाँ अवसर प्राप्त हुनेछन् । प्रतिस्पर्धामा सफलता मिल्नेछ । लवमेटसँग राम्रो सम्वाद हुनेछ । व्यक्तित्व निखारिने छ ।
🔢 भाग्यबलः ६०%
🔢 शुभअङ्कः ५
🎨 शुभरङः सेतो
🧭 शुभदिशाः पूर्व
🔯 मन्त्रः ॐ ज्ञानमुद्रायै नमः (११ पटक)
🏠 मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सामान्य विवाद र पारिवारिक दबाबले तनाव हुनसक्छ । सम्पत्ति र शेयरजस्ता क्षेत्रमा लाभ मिल्नेछ । संयमताका साथ परिवारमा समय बिताउनुस् ।
🔢 भाग्यबलः ४५%
🔢 शुभअङ्कः ४
🎨 शुभरङः सिम्रिक रातो
🧭 शुभदिशाः उत्तर
🔯 मन्त्रः ॐ शं सूर्यात्मजाय नमः (२३ पटक)
🌊 कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सुखद समाचार प्राप्त हुनेछ । साथीहरूबाट सहयोग मिल्नेछ । व्यापार, रोजगार वा सवारीसम्बन्धी काममा सफलता मिल्नेछ । माइती पक्षसँग भेटघाटको अवसर मिल्नेछ ।
🔢 भाग्यबलः १००%
🔢 शुभअङ्कः ३
🎨 शुभरङः गुलाबी ÷ सिन्दुरे
🧭 शुभदिशाः पश्चिम
🔯 मन्त्रः ॐ भानुपुत्राय नमः (२३ पटक)
🐟 मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
धन लाभको राम्रो योग छ । लगानी र वस्तु सङ्कलनमा आकर्षण बढ्नेछ । आर्थिक विषयमा अनुभवी व्यक्तिको सल्लाह लिएर अघि बढ्दा राम्रो हुनेछ । खर्च बढे पनि सन्तुष्टि मिल्नेछ ।
🔢 भाग्यबलः ६०%
🔢 शुभअङ्कः २
🎨 शुभरङः सेतो ÷ उज्यालो
🧭 शुभदिशाः दक्षिण
🔯 मन्त्रः ॐ सर्वकामप्रदायै नमः (११ पटक)

