Aamsanchar

बहुदरमाईमा सुमो र मोटरसाइकल ठोक्किएर आगो लाग्दा एक जनाको मृत्यु

Author Image
आइतवार, असार ८, २०८२

वीरगन्ज – पर्साको बहुदरमाई नगरपालिका–५ पटनीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। अर्का एकजना घाइते भएका छन्।

गण्डक नहरको सडकमा शनिबार राति साढे ९ बजेतिर बीआर ०१ पिए ४४९९ नम्बरको भारतीय टाटासुमो र नम्बर खुल्न नसकेको मोटरसाइकल आपसमा ठोकिएर सडक छेउमै निर्माणाधीन नालामा खसेर दुवै सवारीसाधनमा आगो लागेको थियो। आगलागीबाट दुवै सवारीसाधन जलेका छन्।

दुर्घटनामा मोटरसाइकल चालक भारतको बिहार राज्यको पूर्वीचम्पारण जिल्लाका ३८ वर्षीय नरेश साह बर्णवालको मृत्यु भएको हो।

मोटरसाइकलमा पछाडि सवार पर्साको बहुदरमाई नगरपालिका–५ का १९ वर्षीय रोशन बर्णवाल घाइते भएको र उनको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए।

 

Views: 65

प्रतिक्रिया (०)

सम्बन्धित खबर