Aamsanchar

निर्वाचन आयोगले भन्यो : मुकुल ढकाललाई रास्वपा महामन्त्री भनेका छैनौँ

Author Image
आइतवार, असार ८, २०८२

काठमाडौँ – निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकाल भएको भन्ने पत्र नलेखेको स्पष्ट पारेको छ। आयोगको पत्रलाई गलत व्याख्या गरेको टिप्पणी कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको छ।

उनले भने, ‘निर्वाचन आयोगले मुकुल ढकाल महामन्त्री भनेको छैन, गलत व्याख्या गरियो।’ विवरण चाहियो भनेर डा.मुकुल ढकालले सूचना माग गरेपछि पत्रमा लेखेको व्यहोरालाई सञ्चारमाध्यमले गलत व्याख्या गरेको उनको तर्क छ।

रास्वपाले एक वर्षअगाडि नै विवरण अद्यावधिकका लागि निवेदन दिएको थियो। पार्टीका पदाधिकारी हेरफेर भएको पत्र दर्ता भए पनि पूरै विवरण पेश नगर्दा यस्तो हुन पुगेको आयोगको दावी छ।

आयोगले रास्वपाको विवरण अद्यावधिक भएको छैन भनेर दिएको पत्रलाई सञ्चारमाध्यमले गलत व्याख्या गरेको उनको दावी छ।

रास्वपाका नेताहरूले भने एक वर्षअघि बुझाएको कागजातका बारेमा थप नभनेको भन्दै विरोध गरेका थिए।

सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि रास्वपाले आइतबार नै थप कागजात पेश गरिसकेको छ। अबको एक साताभित्र अद्यावधिक भइसक्ने निर्वाचन आयोगले जानकारी दिएको छ।

 

Views: 109

प्रतिक्रिया (०)

सम्बन्धित खबर