Aamsanchar

दमास्कसको एक चर्चमा आत्मघाती बम आक्रमण, २२ जनाको ज्यान गयाे

Author Image
सोमवार, असार ९, २०८२

सिरियाको दमास्कसमा रहेको एक चर्चमा भएको आत्मघाती बम आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ । आक्रमणमा अन्य ६३ जना घाइते भएका स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

सिरियाको गृह मन्त्रालयका अनुसार आइतवार बेलुका ड्वेला क्षेत्रको ग्रीक अर्थोडक्स चर्चमा एक व्यक्तिले गोली चलाएका र त्यसपछि विस्फोटक भेस्ट विस्फोट गराएका थिए । आक्रमणकारी जिहादी समूह इस्लामिक स्टेट ९आईएस० सँग सम्बद्ध रहेको विवरण सार्वजनिक भए पनि समूहले तत्काल कुनै दाबी गरेको छैन ।

चर्चभित्रका तस्वीर र भिडियोमा मण्डप र भित्ताहरूमा रगत लतपतिएको दृश्य देखिएको छ ।

डिसेम्बरमा इस्लामवादी नेतृत्वको विद्रोही सेनाले बसर अल–असदलाई अपदस्थ गरेपछि दमास्कसमा यो पहिलो पटक यस्तो आक्रमण भएको हो । प्रारम्भिक जानकारीअनुसार चर्चको प्रवेशद्वारमा बम विस्फोट हुँदा भवनभित्र र नजिकै रहेका मानिसहरूको ज्यान गएको खबरमा उल्लेख छ ।

आईएसले सिरियामा क्रिश्चियन र अन्य धार्मिक अल्पसङ्ख्यकहरूलाई लक्षित गर्दै बारम्बार आक्रमण गर्दै आएको छ ।

 

Views: 116

प्रतिक्रिया (०)

सम्बन्धित खबर